पोखरा। नेकपा एमाले पोखरा -१५ ले आसन्न निर्वाचनलाई लक्षित गर्दै महिला भेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। मतदान प्रक्रियाबारे मतदातामा कायम अन्योल अन्त्य गर्न र यसबारे महिलालाई शिक्षा दिँदा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र टोलमा पर्ने भन्दै भेला तथा मतदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको हो।
मतदाता शिक्षा दिँदै कार्यक्रमका अतिथि वुद्धि जिबी परिषद वडा नं -१५ का संयोजक तथा चुनाव प्रचार प्रसार समितिका सल्लाहकार शिव बहादुर भण्डारीले नेपालमा आधा भन्दा बढी जनसंख्या महिलाहरुको रहेको भन्दै सिक्नलाई डर र लाज मान्न नहुने बताए। उनले आफ्ना उम्मेदवारले प्रस्तुत गरेको प्रतिवद्वता पत्रबारे प्रकाश पार्दै एमाले सरकारमा रहँदा भएका उपलव्धीबारे चर्चा गरे ।
भण्डारीले उपस्थित महिलालाई मतदान गर्न जाँदा मतदाताले मतदान केन्द्रमा लैजान पर्ने आवश्यक परिचयपत्र, मतदान गर्ने प्रक्रिया, स्वस्तिक छाप लगाउँदा ध्यान दिनुपर्ने कुरा र छाप लगाईसकेपछि मतपत्र पट्याउने विधिबारे प्रशिक्षण दिए। पाँच दलको गठबन्धनलाई जित्न आफूहरुको एउटा पनि मत बदर हुन नहुनेमा उनको जोड थियो। साथै निर्वाचन आचार संहिताबारे जानकारी दिँदै मतदान केन्द्रमा लैजान हुने र नहुने कुराहरुबारे महिलाहरुलाई सचेत गराए ।
कार्यक्रममा वडा नं -१५ का पाँचै उम्मेदवारले आ-आफ्नो परिचय दिएका थिए। परिचय दिँदै अध्यक्षका उम्मेदवार तोरण बानियाँले चुनाव जित्ने आधार महिला र युवाशक्ति रहेको भन्दै मतदाता शिक्षाबारे जानकार हुन आवश्यक रहेको बताए।
यस्तै, आफ्नो भनाई राख्दै प्रमुख अतिथि वडा नं -१५ का वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेलले आजको भेला पश्चात वडाका सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउने संकल्पका साथ अघि बढेको प्रतिक्रिया दिए । उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै धेरै कार्यक्रम गरिसकेको बताउँदै ती कार्यक्रमहरुमा जनताको उपस्थिति र समग्र निर्वाचनको माहौलले वडा नं -१५ मा एमालेका उम्मेदवार बिजयी भइसकेको संकेत गरेको दाबी गरे।
हिजो वडावासीले नेकपा एमालेलाई जिताएपछि प्रतिवद्वता अनुरुप आफ्नो वडामा विकास निर्माणका थुप्रै कामहरु सम्पन्न गरेको भन्दै आज टोल बस्तीमा जाँदा यिनिहरु नेकपा एमालेका हुन् र यिनीहरुले राम्रो काम गर्छन् , जनताको समस्या र गुनासो समाधान गर्न सक्छन् भनेर आजपनि वडावासी जनताको उतिकै माया र विश्वास पाएको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा उपस्थित १२५ जना महिलाहरुबाट नमुना मतदान गरिएको थियो।
नारायणी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा कमिटि सचिवालय समिति सदस्य माधव गौतम, महिला परिचालन कमिटि संयोजक विष्णु पहारी, श्रमिक मजदुर संगठन परिचालन कमिटिका संयोजक बिष्णु गिरी, खाना व्यवस्थापन समिति संयोजक किरण गुरुङ लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन तथा संयोजन न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन्।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि