पोखरा। घरदैलो तथा मतदाता भेटघाटमा रहेका एमाले पोखरा -१५ का उम्मेदवारलाई मतदाताले बिजयी पश्चात आफ्ना केही समस्या समाधान गर्न ध्यानाकर्षण गरेका छन्।
नयाँगाउँ ट्याक्सीचोक, अन्नपूर्ण मार्ग, नागबेली मार्ग रामबजार लगायतका स्थानको घरदैलोमा रहेका पाँचै उम्मेदवारसँग स्थानीयले ठूलो पानी पर्दा भल पस्ने समस्या रहेको भन्दै छिट्टै विजय प्राप्त गरेर समस्या समाधानका लागि आग्रह गरे।
अन्नपूर्ण मार्ग निवासी कमल गुरुङले अगाडिको सडक चौडा पारिएपनि सोही अनुरुपको नाली नबन्दा र ठूलो पानी पर्दा घर भित्रै भल पस्ने गरेको दुखेसो पोखे। उनले भने- “सडक फराकिलो भयो, तर पानीको निकास हुने नाली साँघुरो भयो, त्यसैले ठूलो पानी आउँदा घरभित्र भल पस्न थाल्यो, नालीतर्फ देखाउँदै गुरुङले उम्मेदवारसँग भने।”

स्थानीयको समस्या सुनेपछि अध्यक्षका उम्मेदवार तोरण बानियाँले उक्त स्थानमा ठूलो र फराकिलो नालीको आवश्यकता रहेको बन्दै निर्वाचित भएपछि निर्माणकार्य शुरु गर्ने आश्वासन दिए । उनले स्थानीयसँग भने -“पहिले हामीलाई भोट दिएर वडाको नेतृत्व गर्न दिनुस्, माथि पैदलयात्री हिँड्न मिल्ने गरी ठूलो र फराकिलो नाली हामी बनाउँछौँ।”
घरदैलोकै क्रममा केही स्थानीयले भोट माग्न नआएपनि सम्झिरहेको बताए। नागबेली टोल निवासी सावित्री गुरुङले “हाम्रा युवा भाइहरू वडामा उठेका छन् भन्ने सुनेको थिएँ, आज त घरै आए, यस्ता समाजसेवी र युवाहरुलाई भोट नदिएर अन्त कहाँ दिनु ?” गुरुङले हँसिलो मुहार देखाउँदै उम्मेदवारसँग भनिन्।

अन्नपूर्ण मार्गकै खेम बहादुर गुरुङले पनि उम्मेदवारको टोली मतदाताको घरको गेट नपुग्दै भित्रैबाट जितको शुभकामना र आशिर्वाद दिँदै निस्किए। उनले भने “मैले तपाईहरुलाई आशिर्वाद दिइसके, अब अरु केही भन्न पर्ला र ?’ उनले हाँस्दै उम्मेदवारसँग प्रतिप्रश्न गरे। गुरुङले आफ्ना छिमेकीलाई पनि अहिलेको युवा नेतृत्वलाई जिताउनु पर्छ भनेर सूर्य चिन्हमा मतदान गर्न हौस्याउने बताए।

पछिल्ला दिनमा १५ नं वडाका एमाले उम्मेदवारले भोटको अपिल सँगै मतदाता शिक्षालाई पनि जोड दिएका छन्। उनीहरुले अहिलेको परमादेशी सरकारले मतदातामा भ्रम सृजना गराउन बिभिन्न प्रपन्च रच्दै रातो सूर्यलाई हरियो बनाउने काम गरेकाले हरियो सूर्यमा मतदान गर्न मतदातालाई सिकाउँदै आएका छन्।
नेपाल मुक्ति जातिय उत्पीडित समाजको भेला

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पोखरा -१५ ले नेपाल मुक्ति जातिय उत्पीडित समाजको भेला सम्पन्न गरेको छ। वडामा रहेका दलित तथा बिपन्न वर्गलाई निर्वाचनमा समेट्न तथा मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्ति समाजका केन्द्रिय सदस्य किसान सुनारले जसले एउटा व्यक्तिलाई पाउदेखि शिरसम्म चप्पल जुत्ता र लुगा सिलाइदिएर लाज ढाकी सुरक्षित बनाउने काम गर्यो उही व्यक्तिलाई यो समाजले दलितको सँज्ञा दिएको आरोप लगाए। उनले नाङ्गै खुट्टा हिँड्नेलाई चप्पल बनाएर अथवा मानिसको लाज छोप्नलाई कपडा सिलाइदिएर दलित नभएको भन्दै मानिसको सोचमा परिवर्तन आउनुपर्नेमा जोड दिए। दलित भएकै कारण अपहेलित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहिलेदेखि नै दलितलाई समय अनुसार व्याख्या गर्ने गरिएको उनले आरोप लगाए। समाजले समानरुपले स्विकार्न नसकेपनि दलितको भोट भने चल्ने गरेको बताउँदै फेरी यहि समाजले समानताको हिसाबले हेर्न नसकेको गुनासो पोखे। उनले भने – “हाम्रो आक्रोश र गुनासो यहि हो, हामीलाई समाजले समान नजरले हेरोस्।” उनले यस प्रथाको अन्त्यका लागि नेकपा एमालेलाई भोट दिन भेलामा उपस्थितलाई आग्रह गरे।
यस्तै अध्यक्षका उम्मेदवार तोरण बानियाँले भोली आफूहरु निर्वाचित भएको खण्डमा पाँच जनाले मात्रै योजनाहरु पूरा गर्न नसक्ने भन्दै सबैको सहमती, सहकार्य र सहअस्तित्वको खाँचो पर्ने बताए। उनले वडा नं -१५ एउटा परिवार भएको बताउँदै परिवारमा एक जना सदस्य पनि असन्तुष्ट रहेको खण्डमा त्यो परिवार राम्रोसँग चल्न नसक्ने भन्दै यहाँका सबै जातजाती, बिभिन्न धर्ममा आस्था राख्ने व्यक्तिहरु लगायत सबै वडावासीको साझा र सभ्य नागरिक बस्ने वडा बनाउन चाहेको बताए।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा