पोखरा । लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उम्मेदवारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
लक्ष्मी मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीहरुले उम्मेदवारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन्।
कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष तत् देवी पुनले ५ वर्ष अगाडि एमालेका उम्मेदवारलाई घरदैलोका क्रममा यहि मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धताहरु पूरा गरेको बताइन्। पुनले अहिले उम्मेदवारी दिएका उम्मेदवारहरु पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन्। उनले जात रङ्गभेद तथा पार्टीका आधारमा भन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन्। अझैपनि टोल विकासमा गर्नुपर्ने केही कामहरु रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाईप सानो भएकाले ठूलो साईजको पाईप, सडकमा सोलर बत्ती, सिसि क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नति र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन्।

स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिबद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए। बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफूपनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए। उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीहरुको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए।
बानियाँले जीत पश्चात १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशिलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिबद्धताहरु पूरा गर्ने विश्वाश लिए। मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका सवालमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे।

यस्तै, जिल्ला कमिटि इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे। ‘हाम्रो वडा राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वहरु सँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो। वडा नं १५ लाई महानगरका ३३ वटै वडा मध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोवास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।
कार्यक्रमलाई समापन गर्दै टोल विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले ५ वर्षलाई मुल्याङ्कन गर्दा वर्तमान वडा अध्यक्ष पौडेलले विकासका सवालमा अमिट छाप छोडेको प्रतिक्रिया दिए। काम गर्ने क्रममा ‘पार्टी नभई जनता’ भनेर सहकार्य गरी अगाडि बढेको भन्दै गुरुङले पौडेलको प्रशंसा गरे । गुरुङले अहिलेपनि प्रिय, सक्षम र होनाहार उम्मेदवारहरु नेतृत्व लिन अगाडि बढेको र यो नेतृत्वबाट वडामा अझ विकासका कार्यहरु गर्नुपर्ने भन्दै सबैले भोट दिएर उनीहरुलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए। गुरुङले अगाडि भने – “बैशाख ३० गतेका दिन मतदान केन्द्रमा गएर स्वस्तिक छाप लिनुस्, बिर्सनु भयो, आकास तीर फर्किएर मतपत्रको माथि रहेको सूर्य चिन्हमा छाप लगाउनुस्।”
उनले पाँचै उम्मेदवारलाई भारी मतले बिजयी गराउनेमा विश्वस्त रहन आग्रह गरे।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’