पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेदवारसँग साक्षात्कार गरिएकाे छ । नदीपुरस्थित सूर्योदय क्लबले वडाध्यक्ष पदका उम्मेदवारहरू नेकपा एमालेका विष्णु शंकर ख्वाउँजू, नेपाली कांग्रेसका प्रकाशमान उदास र स्वतन्त्र उम्मेदवार महेश उदासलाई एकै स्थानमा भेला पारी आफ्ना एजेण्डा तथा प्रतिवद्धता व्यक्त गराएकाे हाे ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार विष्णु शंकर ख्वाउँजूले सुशासनका लागि हेल्प डेस्क राख्ने, पञ्चशीलको प्रवर्द्धन गर्ने, चौमासिक प्रतिवेदनको प्रतिलिपि सम्बन्धित निकाय र अख्तियार अनुसन्धान आयोगमा पठाउने, टोल विकास समितिमार्फत विकासका काम गर्ने बताए । उनले बृद्धभत्ता घरघरमा पुर्याउने, बालबालिकाका लागि छुट्टै कक्ष वडा कार्यालयमा छुट्ट्याउने, नारी सेवा केन्द्रमा चार तले भवन बनाउने योजना सुनाए ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान उदासले खेलकुद, वातावरण र शिक्षालाई प्राथमिकतामा राखी सर्वपक्षीय विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक सुनुवाइ नियमित गर्ने, वृद्धभत्ता र स्वास्थ्य सेवालाई विशेष व्यवस्था गरिनेमा जोड दिँदै शासन र प्रशासन सुधार्ने अभिमत जाहेर गरे ।
त्यसैगरी, महेश उदासले वडामा २०० मिटरको फरकमा सीसीटीभी जडान गरिने, नदीपुरतर्फ जमिन भासिने समस्या धेरै भएकाले विपद् व्यवस्थापन कोष खडा गर्ने, सांस्कृतिक विकास गर्ने, निःशुल्क वाइफाइको सुविधा दिने बताए । उनले नियमित स्वास्थ्य शिविर गर्ने, वृद्ध भत्ता सहज बनाउने, पारदर्शी र भ्रष्टाचारमुक्त शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वतन्त्र व्यक्तिले जित्न गाह्रो तर असम्भव भने नभएको धारणा प्रकट गरे ।
कार्यक्रममा तीनैजना उमेदवारसँगको सहजीकरण पत्रकार शंकर तिवारीले गरेका थिए । राजकुमारी भुजेल, सरिता पंगेनी, जगदीश पराजुली, भूपालजंग कुँवर लगायत २० बढी स्थानीयले उम्मेदवारहरूलाई प्रश्न सोधेका थिए । क्लवकी सचिव यशोदा गौतमले क्लवले विविध विषयमा यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि गर्ने बताइन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला