पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले पार्टीलाई ‘नष्ट हुन दिने तर भ्रष्ट हुन चाहिँ नदिने’ बताएका छन् । अहिलेसम्म ठुला भनिएका एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाए ।
शनिबार पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले आयोजना गरेको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जनतालाई भ्रष्ट व्यक्तिहरुलाई चुनावमा हराउन आह्वान गरे । ‘पोखरामा अहिलेसम्म राप्रपाले राम्रो मत ल्याउन सकेको छैन । यो पटक राप्रपाका उम्मेदवारहरुलाई भोट हालेर जिताउनुहोेस्, महानगर भ्रष्टाचारमुक्त हुने कुराको जिम्मा म लिन्छु ।’ लिङ्देनले भने ।
लिङ्देनले हल्लाखल्ला बिनै खुसुक्क राप्रपालाई मत दिन मतदाताहरुसमक्ष आग्रह गरे । ‘मतदाताहरुले राप्रपाको चुनाव चिन्हमा छाप लगाएर एमाले र काँग्रेसलाई पत्तासाफ बनाउन म आग्रह गर्दछु । जम्मा एकचोटी राप्रपालाई जिताईदिनुहोस् ।’ लिङ्देनले भने–‘अर्कोपटकबाट हाम्रा उम्मेदवारहरु यसो गर्छु भन्दै तपाईकहाँ भोट माग्न आउनेछैनन् । बरु हाम्रा जनप्रतिनीधिले गरेका कामहरु देखेर जनताले स्वतस्फूर्त रुपमा हामीलाई नै निरन्तर भोट दिनेछन् ।’
राप्रपा केन्द्रीय अध्यक्ष लिङ्देनले आफ्नो चुनावी क्षेत्रको उदाहरण दिँदै भने–‘झापामा मेरो क्षेत्रका मतदाताहरुसँग मैले अब भिख मागेजसरी भोट मागिरहन जरुरी छैन । मेरो काम देखेरै त्यहाँका मतदाताहरुले स्वतस्फूर्त रुपमा भोट दिन लालायित छन् ।’ लिङ्देनले भने–‘त्यसैले त्यस क्षेत्रमा एमाले र काँग्रेस राप्रपासँग अहिले टक्कर लिनै सक्दैनन् ।’
त्यस्तै अर्को सन्दर्भमा लिङ्देनले आफू बाँचुञ्जेल भ्रष्टाचारविहिन राजनीतिमा समर्पित हुने बताए । उनले आफू यो जुनीमा मात्रै नभएर अर्को जुनीमा पनि ईमानदारिताको राजनीति गर्ने बताए । ‘मलाई कुनैबेला माओबादीले यो मर्यो भनेर मरनासन्न हुनेगरि कुटपिट गरेर बाटोमा फालेका थिए । तर भाग्यले मलाई बचायो । अहिले भर्खरैको कुरा गर्ने हो भने पनि म दोस्रो जीवन बाँचिरहेको छु ।’ उनले भने–‘मलाई मेरो यो दोस्रो जीवन त्यसै खेर फाल्नुछैन ।’
लिङ्देनले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको बताउँदै केही समयमै पार्टीले देशकै सबैभन्दा ठुलो पार्टीको आकार लिने दाबी समेत गरे । ‘यो मैले त्यसै भनेको छैन । दिनप्रतिदिन पार्टीप्रति युवापुस्ता र जनताको आकर्षण बढेको तथ्याङ्कले नै यो कुराको पुष्टी गर्छ ।’ उनले भने ।
केन्द्रीय नेता रेखा थापाले यसपटक राप्रपा उम्मेदवारलाई भाेट दिएर जिताउन अपिल गरिन् ।

एकसाथ ७ सय जनाले गरे राप्रपा प्रवेश
यसैबीच, शनिबार पोखरामा आयोजित चुनावी आमसभामा ७ सय जना युवाहरु राप्रपामा प्रवेश गरेको पार्टीले दाबी गरेको छ । राप्रपा युवा संगठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा युवाहरु एकसाथ पार्टीमा प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीले पार्टीमा पछिल्लो समय युवाहरु प्रवेश गर्ने क्रम निकै बाक्लिएको बताएका छन् । ‘युवाहरुको आकर्षण र पार्टी प्रवेशले हामीलाई चुनाव जित्ने थप हौसला मिलेको छ ।’ प्रवक्ता गिरीले भने ।
यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेल प्रत्यासी छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’