गाेरखा । नेता डा. बाबुराम भट्टराइकाे गृहनगर गोरखाको पालुङटार नगरपालिकामा सत्ता पक्षीय गठबन्धन तोड्दै जसपाले एमालेसंग चुनावी तालमेल गरेको छ ।
सहमति अनुसार पालुङटार मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सघाउने निर्णय भएको छ । एमाले र जसपाले मंगलबार निकालेको संयुक्त विज्ञप्तीमा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।
उनीहरुले वडाअध्यक्ष पदमा समेत तालमेल गरेका छन् । जसअनुसार पालुङटारका १० वटा वडामध्ये ७ वटाको अध्यक्ष जसपाले लिने र ३ वटा वडाध्यक्ष एमालेले लिने सहमति भएको छ ।

जनता समाजवादी पार्टीले यसरी नै एमालेसँग मिलेर पृथ्वीसुब्बा गुरूङ नेतृत्वकाे गण्डकी प्रदेश सरकारलाई सहयाेग गरेकाे भए गुरूङ नेतृत्वकाे सरकार ढल्ने थिएन । २ सांसद रहेकाे जसपाले चाहेअनुसार मन्त्रालय पनि पाउने थियाे । तर, काँग्रेसलाई सघाउँदा लिखित सहमति पनि पालना गरेन । अर्थमन्त्री दिने भनेकाे काँग्रेसले दिएन र अन्तिममा उर्जामन्त्रीमा चित्त बुझाउनुपरेकाे थियाे । अहिले पनि पालुङटारमा काँग्रेसले नै उम्मेदवार उठायाे र बाबुराम भट्टराईकाे कुरा सुनिएन ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो