धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपः एक जना बेपत्ता, २७ घाइते

धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडपः एक जना बेपत्ता, २७ घाइते

dha

धादिङ । धादिङमा माओवादी र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन्।

नीलकण्ठ नगरपालिका–६ देउरालीछापमा गएराती भएको झडपमा परी नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठसहित २१ जना कांग्रेस कार्यकर्ता र ६ जना नेकपा माओवादीका कार्यकर्ता गरी २७ जना घाइते भएका हुन्।

यस्तै, सुनौला बजार निवासी धनबहादुर मग्राती बेपत्ता भएका छन्। बेपत्ताको खोजी भरहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको बताइएको छ। जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ।

गम्भिर घाइते र टाउकोमा चोट लागेका चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ।

कांग्रेसका कार्यकताहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds