मनाङको नासो गाउँपालिकामा कांग्रेस विजयी

मनाङको नासो गाउँपालिकामा कांग्रेस विजयी

congress

मनाङ । मनाङको नासों गाउँपालिकामा कांग्रेस विजयी भएको छ।

सत्ता गठबन्धनबीच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी विजयी भएका हुन्।

एमालेका अध्यक्ष उम्मेदवार मनबहादुर गुरुङले ६४८ मत ल्याएका छन्।

उपाध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गरे।

यससँगै, मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ।

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्।

यस्तै, मनाङको मनाङ ङिस्याङ गाउँपालिकाचामे गाउँपालिकामा एमाले विजयी भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ