पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले प्यानल नै जित्दा वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडा नं १ को अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर गोदार निर्वाचित भएका हुन्। खुला सदस्यमा रामबाबु खनाल र बुद्धिबहादुर गुरुङ निर्वाचित हुँदा महिला सदस्यमा शान्ता पौडेल र दलित महिला सदस्यमा सुस्मिता विक विजयी भएका छन्।
यस्तै, वडा नं २ मा नेकपा एमालेका राजन सुवेदीको प्यानल निर्वाचित भएको छ । खुला सदस्यमा सोमबहादुर सुनारी र तिलकबहादुर गुरुङ, महिला सदस्यमा अनिता राना र दलित महिला सदस्यमा हिता रुपाखेती निर्वाचित भएका छन्।
रूपामा कुल १४ हजार ६ सय ७५ मतदातामध्ये शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा १० हजार ३ सय ४४ अर्थात् ७०.४९ प्रतिशत मत खसेको थियो।
पालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार नै अगाडि छन् भने उनीहरूलाई एमाले उम्मेदवारले पछ्याउने क्रम जारी छ।
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि