स्याङ्गजामा ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

स्याङ्गजामा ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ

child rape balatkar

स्याङ्गजा। पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
स्याङ्गजा जिल्ला हरिनास गाउँपालिका -४ राम्चे घर भएकी ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिकले हरिनास स्थित आफन्तको घरमा आएका बेला बालिकालाई ललाई फकाई सोही स्थानको चौतारीमा लगेर बलात्कार गरेको खुल्न आएको छ।
घटनाको जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रेभन्ज्याङबाट खटिएको प्रहरीको टोलीले बिकलाई पक्राउ गरेको हो।
उनीमाथि नाबालिका करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ