काठमाण्डौ। बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका -३ बस्दै आएका गोरखा जिल्ला सिरानचोक गाउँपालिका-४ घर निवासी ३७ वर्षीय प्रकाश रेग्मी रहेका छन्।
उच्च अदालत पाटनको २०७८ चैत २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
रेग्मीले मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
पक्राउ परेका रेग्मीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल