सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा तनहुँका एक व्यक्ति पक्राउ

सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा तनहुँका एक व्यक्ति पक्राउ

arrest

तनहुँ। सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत बरामद गरेको छ ।

उनीमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ