चितवनमा हावाहुरीका कारण रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको मृत्यु

चितवनमा हावाहुरीका कारण रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको मृत्यु

हावाहुरी-hawahuri

चितवन। चितवनमा हावाहुरीका कारण रुख ढलेर अटोरिक्सामा लाग्दा तीन जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।

शुक्रबार साँझ हावाहुरी पश्चात दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा चढेका दुई जनाको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाड जाँदै गरेको अर्को अटोमा चढेका एक जनाको वर्षेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा चढेका एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उनले बताए । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए ।
हावाहुरीका कारण चितवनको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक बन्द भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds