स्याङ्जा, ७ जेठ । नेकपा एमालेकी सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज पद्मा अर्यालको गृह जिल्ला हो स्याङ्जा । अर्यालको जिल्लामा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।
कूल ११ स्थानीय तह रहेको यो जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले ६ स्थानीय तह जित्दा काँग्रेस ५ स्थानीय तह जित्यो ।
एमालेले एउटा नगरपालिकामा प्रमुख र ५ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको हो । काँग्रेस महागठबन्धनको बलमा ४ वटा नगरपालिकाको प्रमुख, पाँचै नगरपालिकाका उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको हो ।
नेकपा एमालेले वालिङ नगरपालिकाको प्रमुख, आँधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, फेदीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, विरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, हरीनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एक्लै जित्यो ।
पाँच दलीय गठबन्धन गरी चुनावी मैदानमा उत्रेको नेपाली काँग्रेसले गल्याङ नगरपालिका प्रमुख र उपप्रमुख, चापाकोट नगरपालिका प्रमुख र उपप्रमुख, पुतलीबजार नगरपालिकाप्रमुख र उपप्रमुख, भीरकोट नगरपालिका प्रमुख र उपप्रमुख, वालिङ नगरपालिकाको उपप्रमुख र अर्जुनचौपारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जित्यो ।
नेकपा एमाले स्याङजाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले गत स्थानीय तह चुनावमा ७ तह जिते पनि अहिले महागठबन्धनविरुद्ध एक्लै ६ तहमा जित्नु भनेको निकै राम्रो चुनावी नतिजा प्राप्त गरेको बताए । उनले महागठबन्धनलाई नै एक्लै पराजित गरी एमालेको किल्ला, स्याङ्जा जिल्ला बनाउन सकेको जिकिर गरे ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु