महागठबन्धनसँग भिडेर स्याङ्जामा पहिलो पार्टी बनायौं : अध्यक्ष गैरे

महागठबन्धनसँग भिडेर स्याङ्जामा पहिलो पार्टी बनायौं : अध्यक्ष गैरे

syangja uml

स्याङ्जा, ७ जेठ । नेकपा एमालेकी सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज पद्मा अर्यालको गृह जिल्ला हो स्याङ्जा । अर्यालको जिल्लामा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

कूल ११ स्थानीय तह रहेको यो जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले ६ स्थानीय तह जित्दा काँग्रेस ५ स्थानीय तह जित्यो ।

एमालेले एउटा नगरपालिकामा प्रमुख र ५ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको हो । काँग्रेस महागठबन्धनको बलमा ४ वटा नगरपालिकाको प्रमुख, पाँचै नगरपालिकाका उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको हो ।

नेकपा एमालेले वालिङ नगरपालिकाको प्रमुख, आँधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, फेदीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, विरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, हरीनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एक्लै जित्यो ।

पाँच दलीय गठबन्धन गरी चुनावी मैदानमा उत्रेको नेपाली काँग्रेसले गल्याङ नगरपालिका प्रमुख र उपप्रमुख, चापाकोट नगरपालिका प्रमुख र उपप्रमुख, पुतलीबजार नगरपालिकाप्रमुख र उपप्रमुख, भीरकोट नगरपालिका प्रमुख र उपप्रमुख, वालिङ नगरपालिकाको उपप्रमुख र अर्जुनचौपारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जित्यो ।

नेकपा एमाले स्याङजाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले गत स्थानीय तह चुनावमा ७ तह जिते पनि अहिले महागठबन्धनविरुद्ध एक्लै ६ तहमा जित्नु भनेको निकै राम्रो चुनावी नतिजा प्राप्त गरेको बताए । उनले महागठबन्धनलाई नै एक्लै पराजित गरी एमालेको किल्ला, स्याङ्जा जिल्ला बनाउन सकेको जिकिर गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ