स्याङ्जा, ७ जेठ । पहिलो स्थानीय तह निर्वाचनपछि चर्चामा रहेको एउटा नगर हो ‘वालिङ नगरपालिका’ ।
स्याङ्जामा कांग्रेसको गढ मानिने यो नगरपालिकामा पहिलो नगरप्रमुखका रूपमा काँग्रेसका दीलिप प्रताप खाँण चुनिए । वालिङलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेर चुनाव जितेका खाँणले राम्रा काम गर्दै उत्कृष्ट नगरपालिकाका रूपमा राष्ट्रिय सम्मान पनि प्राप्त गरे ।
उनले चाहेका धेरै काम भने गर्न सकेनन् । स्मार्ट वालिङ बनाउन उनले २४ अर्ब रूपैयाँ खर्च लाग्ने गरी २० वर्षीय योजना बुनेका छन् । दोस्रो कार्यकालमा थप काम गर्ने भन्दै पुनः निर्वाचनमा होमिएका खाँणलाई जनताले भने अनुमोदन गरेनन् । अब वालिङ बनाउने जिम्मा नेकपा एमालेलाई सुम्पिएका छन् ।
यो निर्वाचनमा वालिङ नगरपालिका प्रमुखमा नेकपा एमालेका कृष्ण खाँड र उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । २०५४ सालमा उपमेयरमा र २०७० सालको संविधानसभा निर्वाचनमा होमिँदा पराजित भएका कृष्णलाई वालिङ बनाउने जिम्मा त्यहाँको जनताले दिएका हुन् ।
कृष्णले १३ हजार ७७६ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी दिलिप प्रताप ११ हजार ५९३ मतमा सीमित भए । नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसकी तिवारीले एमालेकी उम्मेदवार खगिसरा थापामगरलाई ४ सय ८२ मतले अन्तरले हराइन् । तिवारीले १२ हजार ८२२ मत प्राप्त गरिन् भने थापाले १२ हजार ३४० मत ल्याइन् ।
नवनिर्वाचित वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जनताले आफूलाई अझै बढी उत्कृष्ट ठम्याएर जिताएको बताए । जनताको लागि आफू शासक होइन, सेवक भएर काम गर्ने भन्दै अब आफू सबै वालिङबासीको साझा जनप्रतिनिधि बनेको बताए ।
निवर्तमान प्रमुखको पालामा शुरू भएको स्मार्ट सिटी बनाउने योजनालाई मूर्त रूप दिइने उनले बताए । अघिल्लो पाँच वर्षमा स्मार्ट सिटी भनेर बजार क्षेत्रमा मात्र जोड दिइएकोमा अब आफूले विकास गर्दा सहरबाट गाउँ नभई गाउँबाट सहरको नारा लिएर काम गर्ने उनको योजना छ ।
पाँच वर्ष अघि नै स्वच्छ र सफा वालिङका लागि फोहोर व्यवस्थापनको रणनीति बनिसकेकाले यसअघिको प्रमुखलाई फोहोर व्यवस्थापनमा सहज भएको उनको ठम्याई छ । खाँणले सडक निर्माण कार्यलाई प्रथामिकता दिने कुरालाई जोड दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेर वालिङका नागरिकलाई समृद्ध र सुखी बनाउनका लागि कृषि पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने, उत्पादन प्रशोधन र बजारीकरणको व्यवस्था गर्ने, उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने, प्रविधिको औजारीकरण, सिचाँई योजना विस्तार गर्ने कार्यहरू गर्ने उनको योजना छ ।
जिल्लामा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । कूल ११ स्थानीय तह रहेको यो जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले ६ स्थानीय तह जित्दा काँग्रेस ५ स्थानीय तह जित्यो ।
एमालेले एउटा नगरपालिकामा प्रमुख र ५ वटा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको हो । काँग्रेस महागठबन्धनको बलमा ४ वटा नगरपालिकाको प्रमुख, पाँचै नगरपालिकाका उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको हो ।
नेकपा एमालेले वालिङ नगरपालिकाको प्रमुख, आँधिखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, फेदीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, विरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, हरीनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एक्लै जित्यो ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?