काठमाण्डौ। नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। वृद्धि भएको मूल्य पश्चात पेट्रोल अब १८० प्रतिलिटर पुगेको छ भने, डिजल र मट्टितेल १६३ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै, एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढेर १८०० रुपैयाँ पुगेको छ।
वृद्धि भएको मूल्य आज राति बाट लागु हुनेछ।