जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा पर्वतका एक व्यक्ति पक्राउ

जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा पर्वतका एक व्यक्ति पक्राउ

arrest

पर्वत । जबरजस्ती करणी उद्योगमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मोदी गाउँपालिका वडा नं – ६ तिलाहार बस्ने ३७ वर्षीय विकास लामिछाने छन् ।
लामिछानेले जबरजस्ती करणी गर्न खोजेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी पेश गरेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दा शिर्षकमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ