पोखरा। पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन्।
निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन्।
आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरिन्। उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन्। गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरेकी हुन्। राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन्।
यसैगरी, मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे।
२ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन्।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ