पोखराको नागढुङ्गामा स्कुटर दुर्घटना, एकको मृत्यु, एक घाइते

पोखराको नागढुङ्गामा स्कुटर दुर्घटना, एकको मृत्यु, एक घाइते

road-accident-1597561408

गएराति पोखरामा स्कुटर दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नं -९ नागढुङ्गाको ओरालोमा ग १९ प ५२१ नम्वरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको हो।

मृत्यु हुनेमा पोखरा -३३ तल्लो पुडीटार निवासी ४० वर्षीय किशोर कुमार थापा छन्।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते थापालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

यस्तै, दुर्घटनामा अर्का घाइते स्कुटर चालकको भने सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds