पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार दिउँसो पदभार ग्रहण गर्दैछन् । त्यसअघि, पूर्वान्ह १० बजे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले नवनिर्वाचित पदाधिकारीहरूको घोषणा सभा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहण पोखरा सभागृह हलमा गराउँदैछ ।
नवनिर्वाचित मेयर आचार्यले पदभार ग्रहण गर्दा चार वटा निर्णय गर्ने खुलाएका छन् । गठबन्धनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले गर्ने पहिलो निर्णयको जानकारी गराएका हुन् ।
उनले पोखराको जिरो किलोमिटरदेखि हल्लनचोकसम्मको डेढ किलोमिटर डिभाइडरमा फूल रोपेर आफ्नो कार्यकाल सुरु गर्दैछन् । ‘हामी मेयरसहित वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिले कम्तिमा एउटा फूल रोप्ने छौं । त्यसपछि पदभार ग्रहण गर्ने छौं,’ उनले भने, ‘भोलि दिउँसो दुई बजेपछि हामी मत दिने–नदिने सबैका हौं ।’
मंगलबार निर्वाचित भएपछि धनराजले केही सरप्राइज दिने पनि बताएका थिए । उनले बुधबार पहिलो चार निर्णय खुलाएका छन् । उनले भनेको सरप्राइज निर्णय तेस्रो नम्बरमा हुनेछ । किनकि उनले मंगलबार पत्रकारसँगको कुराकानीमा तेस्रो निर्णयबारे खुलाएनन् । तर, बुधबारको कार्यक्रममा उनले आफूले गर्ने चारवटै निर्णय सार्वजनिक गरेका छन् ।
उनले गर्न लागेका निर्णयः
१ जन्म, विवाह मृत्यु दर्ता ६ महिनाभित्र गर्दा पनि निःशुल्क । हाल ३५ दिनको समय रहन्छ ।
२ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेर संघ सरकारलाई लेखी पठाउने ।
३ पोखरा चिनाउने कुनै योजना अर्थात् ‘सिम्बोल अफ पोखरा’ बनाउन आह्वान गर्ने । उत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार । यसका लागि एक महिनाको समय हुनेछ ।
४ ट्राफिक व्यवस्थापनका लागि प्रस्ताव मागेको र त्यसलाई अगाडि बढाउने ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’