पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । बिहीबार वडाध्यक्ष हिमबहादुर गुरुङ र सदस्यहरुले पदभार ग्रहण गरका हुन् । पदभार ग्रहणपछि तीन वटा निर्णय गरिएको छ ।
जनप्रतिनिधि भएबापत प्राप्त हुने तलबको केही प्रतिशत पाँचै जनाले वडाको विपत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यस्तै गाउँमा जडीबुटी खेतीलाई प्रोत्साहन गरिने भएको छ । ‘वडाभित्रका बाँझो जमिन खाली नराखी ठाउँअनुसारको कृषि जडिबुटी उत्पादन गर्ने,’ दोस्रो निर्णयमा भनिएको छ ।
वडाका सबै घरमा धारा पुर्याउने योजना जनप्रतिनिधिको छ । ९ सय हाराहारी घरधुरी रहेको अन्नपूर्ण, ११ का ६० प्रतिशत घरमा खानेपानी पुगेको छ । गाउँपालिका, संघ र प्रदेश सरकारसँग समन्वय गरेर खानेपानी समस्या समाधान गर्ने र घरघरमा पानी पुर्याएर छोड्ने नवनिर्वाचित अध्यक्ष हिमबहादुरले प्रतिबद्धता जनाए ।
गत ३० वैशाखको चुनावबाट वडाध्यक्षमा हिमबहादुरसहित एमालेको प्यानलै विजयी भएको थियो । खुला सदस्यमा जगन गुरुङ, राम गुरुङ, महिला सदस्यमा राधा गुरुङ र दलित महिला सदस्यमा आसमाया विक निर्वाचित भएका थिए।
हिमबहादुर दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन् । उनको नेतृत्वमा यसपटक नयाँ वडा सदस्य आएपछि २०७४ सालमा निर्वाचितलाई बिहीबार बिदाइ गरिएको छ । अघिल्लो चुनावबाट सदस्यमा रुद्रबहादुर क्षेत्री र इन्द्रमणी जैसी, महिला सदस्यमा जगनमाया गुरुङ र दलित महिला सदस्यमा प्रमिला विक विजयी भएका थिए ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि