पोखरा । मेवन कन्सल्टेन्सीले पोखरामा शाखा खोलेको छ । बिहीबारबाट पोखराको न्यूरोड महानगरपालिकाको कार्यालयको नजिकै शाखा सुरुआत गरिएको हो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखा उद्घाटन गरे । श्रेष्ठले विदेशमा पढेर त्यहाँ आर्जन गरेको ज्ञान, सीप नेपालमा आएर प्रयोग गर्नुपर्ने बताए । उनले विद्यार्थीले विदेशमा पढ्नमात्र नभई त्यहाँका मानिसको सभ्यतासमेत सिकेर आउनुपर्ने उल्लेख गरे ।
अस्ट्रेलियामा केन्द्रीय कार्यालयमा रहेको मेवनका नेपालमा अब काठमाडौं, झापा र पोखरा गरी ३ ठाउँमा शाखा भएका छन् । मेवनले १३ देशमा रहेका शाखाबाट विद्यार्थीलाई परामर्श दिँदै आएको छ । उच्च शिक्षाका लागि युएसए, अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित शाखा सञ्चालनमा आएको पोखरा शाखाकी म्यानेजिङ डाइरेक्टर भावना पोखरेलले बताइन् । ‘शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति, विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धताका साथ हामीले पोखरामा शाखा सञ्चालनमा ल्याएका हौं,’ उनले भनिन् ।
समारोहमा सहभागी विद्यार्थीलाई मेवनका प्रबन्ध निर्देशक अनिल त्वाना बसुले प्रशिक्षण दिएका थिए । उनले विद्यार्थीलाई करियरको विकासमा केन्द्रित हुन आग्रह गरे । ‘करियर डेभलभमेन्ट कसरी गर्न सिकिन्छ, हाम्रो कन्सल्टेन्सीबाट यसबारे पूर्ण जानकारी दिएर विद्यार्थीलाई अगाडिको अध्ययनका लागि प्रोसेस गछौं,’ अनिलले भने, ‘हाम्रो कन्सल्टेन्सीबाट विदेश पुगिसकेपछि कुनै सहयोग चाहिँदा हामी सेवा गर्न तत्पर हुनेछौं ।’
प्रबन्ध निर्देशक अनिलले विद्यार्थीको आर्थिक अवस्था मध्यनजर गरी चाहेको कलेजमा पढ्ने वातावरण मिलाइने उल्लेख गरे । मावेनका भलिबल, फुटबल र क्रिकेट क्लब छन् । यसले खेलकुदमा रुचि भएका विद्यार्थीलाई अझ सहयोग हुने उनको ठम्याइ छ ।
शाखा सुरुआतकै दिनमा झण्डै डेढ सय विद्यार्थी र अभिभावकले अफिस भिजिट गरी सेवाबारे जानकारी लिएका छन् । बिहीबार अफिस भिजिट गर्नेलाई प्रोसेसिङ शुल्कमा छुट दिइएको कम्पनीले जनाएको छ । कन्सल्टेन्सीले अनलाइन आएल्स, पिटिइ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु