पोखरा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले मूल्यवृद्धि फिर्ता लिन र पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाएर संगठनले पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र पाठ्यपुस्तक अभावबारे सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष विजय पौडेलले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मूल्यवृद्धि फिर्ता लिइ त्यसको दीर्घकालीन समाधान खोज्न संगठनले माग गरेको छ । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि देखाएर दैनिक उपभोग्य सामग्रीमा कालोबजारी भइरहेको तथा सार्वजनिक यातायातको भाडा अनियमित भइरहेको छ । तसर्थ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरुको मूल्य नियन्त्रण गरी कालोबजारी अन्त्य गर्न र पटकपटक गरिएको मूल्यवृद्धि फिर्ता लिइ दीर्घकालीन समाधान खोज्न जोडदार माग गर्दछौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

विद्यालय खुले पनि पाठ्यपुस्तक अभावले विद्यार्थीको अध्ययनमा असहज अवस्था सिर्जना भएकाले गम्भीर हुन अनेरास्ववियु कास्कीले सरकारसँग माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउन केन्द्रीय सदस्य सञ्जय पाैडेल, महेन्द्र उपाध्याय र अनुप लामिछाने, जिल्ला उपाध्यक्ष सन्तोष पोखरेल, सचिव विनय पराजुली, पृथ्वीनारायण क्याम्पस कमिटि अध्यक्ष विष्णु पाेखरेल, पाेखरा महानगर कमिटि सचिव शवनम सुवेदीलगायत विद्यार्थी नेता शुक्रबार प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका थिए । आफूहरुले राखेका माग पुरा नभए संगठन कडा प्रतिवादमा उत्रने चेतावनी पत्रमार्फत सरकारलाई दिइएको छ ।
मूल्यवृद्धिपछि चरणबद्ध आन्दोलन सुरु गरेको र माग सुनुवाइ नभए विरोधलाई निरन्तरता दिने जिल्ला सचिव पराजुलीले बताए । पृथ्वीनारायण क्याम्पसअघि प्रदर्शन गरेर अनेरास्ववियु कास्कीले मूल्यवृद्धिको विरोध सुरु गरेको थियो । संगठनले जिल्लाभरका क्याम्पस गेटमा मूल्यवृद्धिको विरोधमा कालो ब्यानर टाँसेर र सरकारी गाडी चलाउन रोक लगाएर अनेरास्ववियुले मूल्यवृद्धिको विरोध गरेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन