सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताए ।
सरकारले आर्थिक वर्ष २०७९÷८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसारका सबै काम अन्तिम चरणमा रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।
त्यतिबेला विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो । पोखरा विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले आयोजनाको काम अन्तिम चरणको पुगेको र केही सामान्य काम मात्र बाँकी रहेको बताए ।
उनका अनुसार विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिल साइट स्थानान्तरण, दक्षिणतर्फ रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन् । यसैगरी आगामी आर्थिक वर्षको बजेटमा सरकारले जिल्लामा पर्यटन पूर्वाधार, खेलकुदलाई समेत सम्बोधन गरेको छ । अर्थमन्त्री शर्माले कास्कीको बीरेठाँटी हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरसम्म केबलकार पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताए । आगामी असोजमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी छ । अर्थमन्त्रीले १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारमा बजेट विनियोजन गरिएको जानकारी दिए ।
आगामी वर्षको बजेटमा पोखरा–मुग्लिन सडकको स्तरोन्नति र विस्तारका लागि बजेटमा व्यवस्था गरिएको छ । अर्थमन्त्री शर्माले रणनीतिक सडकका रुपमा रहेका नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड र मुग्लिन–पोखरा सडकका लागि रु १० अर्ब ७४ करोड विनियोजन गरिएको बताए ।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि