पाेखरा । वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे र कोपाइलट उत्सव पोखरेलले चलाएको विमानमा एअर होस्टेस थिइन् स्याङ्जाको चापाकोटकी किस्मी उर्फ मनिषा थापा ।
आइतबार मुस्ताङमा भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनाले किस्मीकी आमा विष्णुदेवीका सबै खुसीहरू खोसिदिएको छ । २६ वर्षीया किस्मीले काठमाडौंमा बसेर हवाई करिअर अघि बढाइरहेकी थिइन् । पाँच वर्षदेखि उनी तारा एयरमा कार्यरत थिइन् । दुई भाइको पढाइ खर्च धानेकी किस्मी एकल महिला विष्णुदेवीका लागि दाहिने हात थिइन् । मामाका छोरी र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन्। आज सबैको सहारा गुमेको छ ।
छोरी उडेको जहाज सम्पर्कविहीन भएको खबर पाउने वित्तिकै रुँदै विष्णुदेवी पोखरा आइपुगिन् । तर, सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एयरले परिवारलाई शिक्षण अस्पताल काठमाडौं बोलाएको छ ।
किस्मीकी आमा दलित समुदायकी हुन् भने बुबा थापा मगर हुन् । छोरीलाई आजको किस्मी बनाउन आमा विष्णुदेवीको दुःख र संघर्षका कथा कम छैन । बुवा त आमादेखि पराई थिए । बुवाले आमालाई घरबाट निकालिदिए। किस्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्। नागरिकता पनि उनको मुस्किलले बनेको थियो । मामाघर बसेर हुर्केकी किस्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।
साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली किस्मीले आफ्नो जीवनमा भने धेरै दुःख र संघर्ष गरेकी थिइन्। कक्षा १० सम्म गाउँमै पढेकी किस्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि किस्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्।
लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। उनी पास भइन्। यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्।
सम्बन्धित समाचारः
अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
मुक्तिनाथ दर्शन गराउन आमाबुवा, काकाकाकी र मामामाइजुलाई लैजाँदै थिए राजन
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे
अमेरिकाबाट आएका दिदीबहिनी बुबाआमासहित मुक्तिनाथ जाँदा परे दुर्घटनामा, फर्किँदैछन् छोरा
सम्बन्धित खबर
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे