पाेखरा । स्वर्गीय राजा विरेन्द्र र उनको परिवारको सम्झनामा पोखरामा दिप प्रज्वलन कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
पोखराकाे विरेन्द्र चोकमा आयोजित कार्यक्रममा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रवादी राजा विरेन्द्रको अभाव देशमा खड्किएको बताए । स्वर्गीय राजा विरेन्द्र र उनको परिवारलाई श्रद्धाञ्जली दिदै उनले राजसंस्था मात्रै अबको बिकल्प भएको बताए । साथै, उनले नेपालगन्जमा राजा विरेन्द्रको शालिक पुर्स्थापनामा सरकारले गरेको धरपकडको घोर भर्त्सना गरेका छन । उनले इतिहासको सम्मान गर्न नसक्ने सरकारको रबैया सच्चिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीका अध्यक्ष बिजय बहादुर भण्डारीले जेष्ठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले राजतन्त्र फाल्न षड्यन्त्रकारी समुहले गरेको हत्याकाण्डको कारण देशले दु:ख भोग्नु परेको बताए।
दिप प्रज्वलन कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यहरु डा महेन्द्र बहादुर कार्की, शंकर खराल, जिल्ला उपाध्यक्ष मनिष केसी, जिल्ला प्रवक्ता अरुण गिरी, सह सचिवहरु नारायणहरि तिवारी, सुवर्णराज पन्त, नेतृ सन्जना सेन पौडेल, युवक संगठनका नेता सन्दीप कुवर, बिधान गुरुङ, निरज शर्मा, अमृत थापा लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो