स्याङ्गजा। जिल्ला प्रहरी कार्यालय स्याडजाले हातहतियार तथा खरखजना मुद्दका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका ३ बस्ने ४१ वर्षीय तुल बहादुर राना छन्।
जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीको टोलिले बिहीबार घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।