पोखरा । होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा पुन शन्त कुमार महतो दोहोरीएका छन्। शनिबार भएको समाजको २४ औ साधारण सभा तथा १२ औ अधिवेशनले आगामि २ बर्ष को लागि महतोको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समाजको बरिष्ठ उपाध्यसक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा तिमिल्सिना, दित्तिय उपाध्यक्षमा जिबराज उपाध्याय चयन भएका छन्। यस्तै महासचिवमा माधब लम्ुसाल, सचिब सन्तोष देवकोटा, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सहकोषाअध्यमा दिपेन्द्र अर्याल चुनिएका छन्।
यस्तै सदस्यहरुमा केशव नेपाली, शभ्भु प्रसाद पौडेल, खेमानन्द अर्याल, शिब प्रसाद अधिकारी, निरज अधिकारी, प्रबिन बि.क र बिकास दाहाल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए।
अधिबेशनको उद्घाटन गदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष तथा समाजका सल्लाहकार लक्ष्मण सुबेदीले पोखरालाई प्रर्यटनको राजधानि घोषण गर्ने नेपाल सरकारलाई आग्रह गरेका छन्। होटल प्रतिधिनिहरु प्रत्यक्षरुपमा प्रर्यटकका दुत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका हुने हुदा होटल संघ यहाँहरु सगँसगै हातेमालो गर्दै अघि बढ्ने सुनाए। प्रतिनिधि समाज होटल संघको अभिन्न अंग भएको हुनाले समाज र होटल संघ को सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने कुरामा जोड दिए। कोभिड १९ले पर्यटनमा पारेको असरको बारेमा सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्दै संघ र प्रदेश सरकार सँग पर्यटन ब्यवसायिहरुका लागि हित हुने नयाँ योजना ल्याउन आवाज उठाउने प्रतिबद्धता ब्यक्त्त गरे।
संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगर पालिका वडा नं. ६का वडा सदस्य दिपेन्द्र पहारीले होटल प्रतिनिधिहरु पर्यटकका राजदुत भएकाले पोखराको बारेमा पर्यटकलाई सकरात्मक सन्देश दिन आग्रह गरे। पोखरा महानगर पालिका प्रतिनिधि समाज सँग सहकार्य गरि अघि बढ्ने विश्वास दिलाए।
अध्यक्ष शन्त कुमार महतोको सभा अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष राजकुमार गुरुङ, महासचिब माधब लम्साल, सल्लाहकार रामचन्द्र आर्चाय, कोषाअध्यक्ष पुरुषोत्तम न्यौपाने र कार्यक्रम संयोजक सन्तोष काफ्ले लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए।
महासचिब माधब लम्सालले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पुरुषोतम न्यौपाने प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पास गरेको थियो।
सम्बन्धित खबर
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै