पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर, उपमेयरसहित निर्वाचित जनप्रतिनिधिका साथै कर्मचारीहरु बीच लिडरसिप क्याम्प सुरु भएको छ । जनप्रतिनिधि र कर्मचारीले आगामी दिनमा गर्ने काममा उत्साह भर्न आयोजित क्याम्पको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका बीच शनिबार उद्घाटन गरेका हुन् ।
लिडरसिप क्याम्पको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार र स्थानीय सरकारले विकास निर्माण र जनताको सेवामा मिलेर काम गर्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रहेको पोखराको विकासमा पोखरा महानगर र प्रदेश सरकारले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले आफू नेतृत्वको वर्तमानस सरकार लामो समय नरहेपनि स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा निरन्तर काम गर्ने वतावारण निर्माण हुने धारणा राखे ।
उनले पोखरामा निर्वाचित हुनु अगाडि नै मेयर धनराज आचार्य संघीय राजधानी पुगेर पोखराको विकास निर्माणकालागि राखेको चासो अत्यन्त उत्साहपूर्ण रहेको बताए । ‘पोखरामा निर्वाचन भएर मत गणना हुँदै थियो । निर्वाचित हुने नहुने निस्चित थिएन । तर, मेयरसावले यहाँको विकास र योजनाका निम्ति संघीय राजधानी पुगेर जसरी लविङ गर्नुभयो । यसले उहाँको विकास प्रतिको चासो र भोक कस्तो छ भन्ने देखाउँछ । यस्तो विकासप्रेमी मेयर हामीले पाएका छौं उहाँको नेतृत्वमा पक्कैपनि पोखराले विकास निर्माणको फड्को मार्नेछ,’ उनले भने ।
उनले लिडरसिप क्यम्पले पोखरा कस्तो बन्ने भन्ने स्पष्ट मार्गचित्र दिनेगरी सहभागीमा उत्साह भर्ने अपेक्षा राखे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यशैली परिवर्तनका लागि ‘लिडरसिप क्याम्प’ आयोजना गरिएको जानकारी दिए । यो क्याप्मले एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष, सदस्य र कर्मचारी सबैले काम गर्ने उनको भनाइ छ । ‘यो तीन दिन हाम्रा मोवाईल बज्ने छैनन् । हामी नयाँ उर्जा लिएर पोखरावासीका लागि केही गर्ने जोस र जाँगरका साथ यहाँबाट काममा फर्कने छौं’ उनले भने ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका कास्की अध्यक्ष बखानसिंह गुरुङ र नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले सम्बोधन गर्दै निर्वाचित जनप्रतिनिधिले घोषणापत्रमा जाहेर गरेको प्रतिवद्धता अनुरप काम गरेर जनताले अनुभुति हुनेगरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वागत गर्दै महानगरका उपमेयर मञ्जुदेवी गुरुङ निर्वाचित भएपछि आफूहरु सबैको ध्यान नगरवासीको हितमा केन्द्रीत हुने बताइन् । उनले महानगरपालिकाको विकास र सेवामा यो क्याम्पले नयाँ पन दिने धारणा राखिन् ।
लिडरसिप क्याम्पमा महानगरका मेयर, उपमेयर, ३३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, महानगरका महाशाखा र शाखा प्रमुखहरुसहित ६५ जनाको सहभागिता छ ।
सहभागीलाई मोटिभेसनल स्पिकर महेश दाहाल, रविन कटुवाल र रञ्जित आचार्यले मोटीभेसन गराइरहेका छन् । लिडरसिप क्याम्पको पहिलो दिन अत्यन्त उपयोगी रहेको पोखरा महानगर वडा नम्बर २८ का निवर्तमान वडाध्यक्ष समेत रहेका कार्यपालिका सदस्य निर्मल दियालीले बताए ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते