तनहुँमा टिपरको ठक्करबाट बन्दिपुरका युवकको मृत्यु

तनहुँमा टिपरको ठक्करबाट बन्दिपुरका युवकको मृत्यु

Accidient-tanahu

तनहुँ। टिपरको ठक्करबाट तनहुँमा एक युवकको मृत्यु भएको छ।
शनिबार साँझ व्यास नगरपालिका वडा नं -१२ देउरालीस्थित सदरमुकाम दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्वरको टिपरको ठक्करबाट विपरीत दिसा तर्फ जाँदै गरेको ग १५ प १४८४ नम्वरको स्कुटरमा सवार युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका -१ निवासी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्।

प्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भिर घाईते भएका उनलाई तत्काल उपचारका लागि दमौली अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

दुर्घटना पश्चात अहिले स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्।

तस्बिर : बिरान आले मगर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds