पोखरा । पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा निर्मित बास्केटबल कोर्टको उद्घाटन गरिएको छ।
स्थानीय क्लब बुद्धटोल युवा क्लबको पहलमा निर्मित उक्त बास्केटबल कोर्टको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका हुन्।
उक्त बास्केटबल कोर्ट निर्माणका लागि युवा तथा खेकदुद मन्त्रालयबाट ९ लाख सहयोग गरिएको बास्केटबल कोर्ट निर्माण समितिका अध्यक्ष तथा युवा व्यवसायी हिटलर घलेले जानकारी दिए।
उनका अनुसार बुद्धटोल क्लबले ५ लाख र राष्ट्रिय उच्च माविले १ लाख सहयोग गरेको थियो।

यसैगरि व्यक्तिगत रुपमा पनि कोर्ट निर्माणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष घलेले बताए। ‘युवा तथा खेलकुद मन्त्रालयको लागतमा निर्माण गरेका हौं, उनले भने, ‘यसमा क्लबको पनि केही परेको छ केही व्यक्तिहरुको पनि सहयोग छ। अहिले पहिलो चरणको काम सकिएको छ। अब अर्काे चरणमा प्यरापिट तथा चेन्जिङ रुमको योजना छ।’
उक्त उद्घाटनको क्रममा विभिन्न ४ टिमलाई मैत्रीपूर्ण खेल आयोजना गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी दिए। उनका अनुसार सो खेलमा पर्वत क्लब र मास्क टिम विजयी भएको थियो।
बुद्धटोल क्लबका अध्यक्ष विजया गुरुङको सभातत्विमा सम्पन्न कार्यक्रममा युवा समाजसेवी अमृत लामा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अर्जुन परियारले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो