पोखरा । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् ।
हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् ।
बिहीबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले प्रतियोगितालाई गोल्डकपको रुपमा अघि बढाएको सुनाए ।
पोखरा महानगरपालिका वडा २५ स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन, विदेशी आयोजक सहित मोफसलका टिम हरुको समेत सहभागिता रहने छ ।
प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको क्लबका अध्यक्ष इन्द्र कुवँरले जानकारी दिए ।
विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आगामी असार ४ गतेदेखी ११ गतेसम्म हुने प्रतियोगिताको तयारी निकै तिव्र रुपले अघि बढिरहेको क्लबका अध्यक्ष कुवँरले जानकारी दिए ।
प्रतियोगिता २ वर्ष अघि गर्ने योजना बनाएपनि क्लबको आर्थिक अभावका कारण प्रतियोगिता सञ्चालन गर्न सकेको थिएन । क्लबका अध्यक्षका अनुसार २ वर्ष कोरोनाले सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाउँदा सहयोगदाता पाउन निकै कठिन भएको हो ।
क्लबले फुटबल एकेडेमी संचालनमा ल्याउनु प्रतियोगिताको मुख्य उदेश्यक रहेको छ । कास्की जिल्ला लिग च्याम्पियन समेत हो । हेम्जा युनाइटेडले हेम्जाबाट अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुका साथै पोखरा २५ भित्र रहेका हरेक विद्यालयलाई खेलकुद हवको रुपमा विकास गर्न पहल गर्ने योजना समेत बनाएको छ । क्लबका अध्यक्ष कुवरँले प्रतियोगिता संचालनका लागि आफुहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्न समेत अपिल गरेको छ ।
प्रतियोगितालाई चौधरी ग्रुपको नेपाल आईस वियरले मुख्य प्रायोजन गरेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह