तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिएकाे ठाउँबाट कार खस्दा १ जनाकाे मृत्यु भएकाे छ ।
शुक्रबार बिहान ३ बजे उक्त कार दुर्घटनामा परेको हाे । उक्त स्थानमा त्यसअघि नै सडक भासिएको थियाे । लामाे समयकाे जामपछि रातकाे समयमा तीव्र गतिमा गुडाएका कार चालकले बाटाेकाे अवस्था थाहा नपाउँदा भासिएकाे ठाउँबाट एक्कासी खस्न पुगेकाे अनुमान गरिएकाे छ ।
कारका कति जना सवार थिए थाहा नभएको र घटनास्थलमा एक शव भेटिएको प्रहरीले जनाएकाे छ । कार पहिरोले पुरिएको छ । मृत्यु भएकाको परिचय खुल्न सकेको छैन । मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएपछि उद्धारको लागि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
मर्स्याङ्दी जलविद्यतु आयोजना नजिक सडक भासिएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोजकुमार श्रेष्ठले बताए । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिएको हो । सडक भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नभएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार करिब २० मिटर सडक भासिएको छ । तत्काल मर्मत गर्ने अवस्था पनि नभएकाले जताबाट आएको त्यतैतर्फ सवारी साधन फर्काइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
तनहुँमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि