पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले बिहीवार धार्मिक योग प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥योे ।
महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी साद्वी देवादितीको प्रमुख प्रशिक्षकत्वमा भएको प्रशिक्षणमा देवादितीले आध्यात्मिक ध्यान, योग र देश भक्तिका बारेमा प्रवचन दिएकी थिइन् । साथै, योग साधनाले मानसिक तथा शारीरिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् ।
त्यसैगरी, विद्यालयका निर्देशक बलबहादुर थापाले विद्यालयले यस्ता धार्मिका योग प्रशिक्षण तथा शिविरहरुको आयोजना गरिने बताए ।
कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थी तथा आवासीय विद्यार्थी गरी करिव एक सय पचास विद्यार्थीहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा महिला पतञ्जली नेपाली केन्द्रीय सदस्य हिरा अधिकारी, महिला पतञ्जली कास्कीकी उपाध्यक्ष जमुना थापा र पतञ्जली युवा नेपाल समितिकी सह–संयोजक भगवती शर्माको पनि उपस्थिति रहेको थियो ।
विद्यालका प्रिन्सिपल विश्व गोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनालले गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै