प्रतिभा माविमा योग प्रशिक्षण

प्रतिभा माविमा योग प्रशिक्षण

prativa

पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले बिहीवार धार्मिक योग प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥योे ।

महिला पतञ्जली योग समिति नेपालकी केन्द्रीय प्रभारी साद्वी देवादितीको प्रमुख प्रशिक्षकत्वमा भएको प्रशिक्षणमा देवादितीले आध्यात्मिक ध्यान, योग र देश भक्तिका बारेमा प्रवचन दिएकी थिइन् । साथै, योग साधनाले मानसिक तथा शारीरिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका रहनेमा जोड दिइन् ।

त्यसैगरी, विद्यालयका निर्देशक बलबहादुर थापाले विद्यालयले यस्ता धार्मिका योग प्रशिक्षण तथा शिविरहरुको आयोजना गरिने बताए ।

कार्यक्रममा कक्षा दशमा अध्ययनरत विद्यार्थी तथा आवासीय विद्यार्थी गरी करिव एक सय पचास विद्यार्थीहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो । यस्तै, कार्यक्रममा महिला पतञ्जली नेपाली केन्द्रीय सदस्य हिरा अधिकारी, महिला पतञ्जली कास्कीकी उपाध्यक्ष जमुना थापा र पतञ्जली युवा नेपाल समितिकी सह–संयोजक भगवती शर्माको पनि उपस्थिति रहेको थियो ।

विद्यालका प्रिन्सिपल विश्व गोपाल पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds