तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा मृत फेला परेका ३५ वर्षीय केशव घिमिरे मोटरसाइकलमा सवाररत भएको बुझिएको छ।
चितवन माइतबाट फर्किएकी श्रीमती सवारी जाममा परेपछि बिहान झिसमिसेमै लिन हिँडेका घिमिरेको सोही भासिएको स्थानमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए। घिमिरेसँगै घटनास्थलमा अर्का एक पुरुषको पनि शव फेला परेको छ। यद्यपी उनको सनाखत अझै हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेकी छन्।
घटनास्थलमा बा १० च ४६७९ नंवरको कारको नम्वर प्लेट र बम्पर पनि भेटिएको छ। अहिले घटनास्थलमा गोताखोरको टोली ल्याएर खोजीकार्य तीब्र पारिएको छ।
सडक तलबाटै भासिएको कारण तत्काल संचालनमा ल्याउन कठिन भएकाले अहिले भित्तातर्फको भाग काटेर साना सवारीलाई आवागमन खुलाइएको छ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि