तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानमा मृत फेला परेका ३५ वर्षीय केशव घिमिरे मोटरसाइकलमा सवाररत भएको बुझिएको छ।
चितवन माइतबाट फर्किएकी श्रीमती सवारी जाममा परेपछि बिहान झिसमिसेमै लिन हिँडेका घिमिरेको सोही भासिएको स्थानमा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए। घिमिरेसँगै घटनास्थलमा अर्का एक पुरुषको पनि शव फेला परेको छ। यद्यपी उनको सनाखत अझै हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेकी छन्।
घटनास्थलमा बा १० च ४६७९ नंवरको कारको नम्वर प्लेट र बम्पर पनि भेटिएको छ। अहिले घटनास्थलमा गोताखोरको टोली ल्याएर खोजीकार्य तीब्र पारिएको छ।
सडक तलबाटै भासिएको कारण तत्काल संचालनमा ल्याउन कठिन भएकाले अहिले भित्तातर्फको भाग काटेर साना सवारीलाई आवागमन खुलाइएको छ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु