पोखरा । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए ।
जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गरिन । गंगादेवीले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हेरक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय कोष स्थापना गरिएको हो ।
निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसलाई मानित विश्वविद्यालयको प्रारूप बनाउन र विकासमा योगदान दिएको चर्चा गरे । वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयको विविए कार्यक्रम उपत्यका बाहिर पहिलो पटक जनप्रिय क्याम्पसमा ल्याएका पालिखेले यसलाई गुणस्तरीय बनाउन सक्रिय रहेका थिए । विविएको उत्कृष्ट नजिताले नै जनप्रियलाई थप लोकप्रिय बनाएको बरालले बताए ।

समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टी गरेका थिए। विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुक भरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।
२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम कम पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिए पछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।
पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघ, कर्मचारी संघ जनप्रिय इकाइ, स्वतन्त्र विद्यार्थी युनियन लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विचार राखेका थिए । स्वर्गीय पालिखेको संझनामा विविए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको जानकारी प्रशासक महादेवकुमार पालिखे जानकारी दिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो