काठमाडौं । देशभर प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’को प्रदर्शन रोक्न माग गर्दै उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्दै फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ।
उक्त चलचित्रमा बौद्ध धर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले प्रदर्शन रोक्न माग गरी उजुरी दर्ता गराएका हुन् ।
उनले फिल्मको दृश्य र शब्दलाई काँटछाँट गरेर मात्रै प्रदर्शन गर्नुपर्ने बताएका छन्।
सोमबार लामाले चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गराएका छन् । सोमबार १२३१ नम्बरमा उनको उजुरी दर्ता भएको छ ।
‘हाल प्रदर्शन भइरहेको उक्त कबड्डी –४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा (भिक्षु) वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मान मर्यादामा गम्भीर हानि नोक्सानी पु¥याइ अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदा हुँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफा (३) को कानुनी व्यवस्थाविपरीत प्रत्यर्थी चलचित्र जाँच समितिबाट उक्त चलचित्रलाई प्रदर्शन अनुमति दिने कार्य कानुनविवरीत भएकोले सोउपर चित्त नबुझी नेपाल सरकारसमक्ष यो पुनरावेदन पत्र चढाएको छु,’ लामाले दिएको उजुरीमा भनिएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ जेठ १३ गतेबाट प्रदर्शनरत छ। फिल्मले हालसम्म देशभरको प्रदर्शनबाट २० करोडभन्दा बढि आम्दानी गरिसकेको छ। दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगरलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्।




सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने