गण्डकी सरकारद्वारा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ)

गण्डकी सरकारद्वारा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ)

Ramji prasad-baral

पोखरा। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।

अर्थमन्त्री बरालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार रुपैयाँ र पुँजीगततर्फ २३२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ छ्ट्याइएको छ । साथै, वित्तीय व्यवस्थापनतर्फ ५० करोड बजेट छ्ट्याइएको छ ।

यस्तै, स्थानीय वित्तीय हस्तान्तरणबाट १० लाख रुपैयाँ र सञ्चिति कोषबाट १ करोड ८८ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी स्रोततर्फ सरकारबाट प्राप्त हुने वित्तीय सामरिकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, ससर्त अनुदानबाट ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँबाट जुटाइने छ । समपुरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ, विशेष अनुदानबाट ८६ करोड रुपैयाँ जुटाइने छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ