आशिष पुरी, पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवार सदस्य ‘मेम्बर अफ रुलिङ फेमेली अफ युएई’ शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम भोलि पोखरा आउँदैछन् ।
राजपरिवारको दुबई स्थित एमबीएम नामक व्यापारिक संस्थान (राजपरिवार कार्यालय र लगानी होल्डिंग कम्पनी) को प्रमुख समेत रहेको मक्तुम पोखरा भ्रमणको सन्दर्भमा सोमबार आउने भएका हुन् ।
उनी सवार जहाज भोलि मध्यान्ह १२ बजे पोखरा एयरपोर्ट ल्याण्ड हुने कार्यक्रम छ । एयरपोर्टमा स्वागत कार्यक्रम समेत रहेको पोखरा भ्रमणका संयोजक एवं उर्जा ल्याबका संचालक विनायक पौडेलले जानकारी दिए ।
राजकुमार मक्तुमले पोखरा भ्रमणका क्रममा बन्जी जम्प, प्याराग्लाइडिङ लगायतका साहसिक खेल खेल्न सक्ने सम्भावना रहेको पौडेल बताउँछन् ।
मक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सीटी–स्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका थिए। व्यवसायी एवं नेकपा एमालेका नेता दुर्गा प्रसाईंको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
भीआइपीको भएपनि उनी शनिवार काठमाडौंबाट झापा श्री एयरलाइन्सको नियमित उडानबाट नै पुगेका थिए। शेख झापाको मेची क्राउन होटेलमा बसेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै