पोखरा । पोखरामा पहिला काम गरेकै कम्पनीमा चोरि गर्ने युवक नगदसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा छन्।
आइतबार दिउँसो २ बजे पोखरा १० रामबजारको सादा पोसाकको प्रहरी टोलीले तीन लाख ६२ हजार ३८० रुपैयाँसहित विश्वकर्मालाई प्रक्राउ गरको हो।
विकले पोखरा १४ विपी मार्गमा रहेको सन्तबहादुर लामिछानेले सञ्चालन गरेको चुलो सेवा प्रालिको झ्याल फोडी पैसा चोरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। विश्वकर्माले पहिला त्यही कम्पनीमा लेखापालका रूपमा काम गरेका खुल्न आएको छ।
सञ्चालक लामिछानेको काउन्टरबाट सात लाख २५ हजार ३५० रुपैयाँ र नौ हजार भारु हराएको प्रहरीमा जाहेरी दिएका थिए।
विश्वकर्मा अरू पनि चोरीमा संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेको र उनलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी जाँच भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखरा-मुग्लिन सडक बनाउन प्रयोग भएको रोलरबाट डिजेल चोरी गर्ने २ पक्राउ
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि