काठमाडौं । नेपाली कांग्रेसकी नेता एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन साहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको तर सधै एउटै नहुने बताएकी छन् ।
नेपाल तरुण दल कास्कीले आज पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रममा उनले भनिन् – ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन, म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द कन्सल्टेन्सी बालेनले कतिमा हायर गर्नुभयो ?’
विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उनले मजाक पनि गरिन् । ‘हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ आरजुको भनाई थियो ।
आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव पनि दिएकी छन् । राणाले भनिन्, ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि ? विचार दिने नेता हो कि ? मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? वाककला भएको नेता हो ? आफ्नो गुण के हो पहिचान गर्नुस् ।’
राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेकाे टिप्पणी गरिन् । उनले भनिन् ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’
प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उनकाे दाबी छ । उनले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री भएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताइन् ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह