पोखरा । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीको अध्यक्षमा विष्णु कार्की सर्वसम्मत निर्वाचित भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट संगठनको शनिबार पोखरामा भएको अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्ष चुनेको हो।
संगठनको उपाध्यक्षमा सिता जिसी, सविरा खातुन, सरला पौडेल, सुष्मा त्रिपाठी र चन्द्रा गुरुङ निर्वाचित भएका छन्। यस्तै, सचिवमा सुमिता श्रेष्ठ, प्रनिषा पौडेल र उषा माता निर्वाचित भएका छन् भने संगठनको प्रवक्तामा कमला भण्डारी चापागाई चयन भएकी छन् ।
अधिवेसनले संगठनको कोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सहकोषाध्यक्षमा दुर्गादेवी राना र कुमारी हमाललाई चयन गरेको छ । सदस्यहरुमा निर्मला बास्तोला, पुष्पा मल्ल ठकुरी, शान्ति भट्टराई सुवेदी, सुकमाया सार्की, गीता लामिछाने, भवानी जलारी, माता भण्डारी, जमुना भण्डारी, मनमाया थापा, गंगा सुनार र सीता विश्वकर्मा रहेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका अध्यक्ष पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेसनमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रिय अध्यक्ष अञ्जना शाह रावल, पार्टीका जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
संगठनको अध्यक्ष निर्वाचित भएपछि कार्कीले कास्कीका सबै स्थानीय तह र वडा तहस्तरमा संगठनलाई विस्तार गर्ने बताएकी छन् । यसअघि संगठनका सचिव र पार्टीका प्रदेश सदस्य रहेकी कार्कीले पार्टीको विधान र उदेश्य अनुरुप तनमन लगाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कार्यक्रमका प्रमुख अतिथी पार्टी गण्डकीका अध्यक्ष गुरुङले नवनिर्वाचित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । राप्रपालाई अघि बढाउन महिलाको उल्लेख्य योगदान रहेको उनले बताए । संगठनका केन्द्रय अध्यक्ष रावलले आगामी तीन महिनाभित्र संगठनको केन्द्रिय अधिवेसन सम्पन्न गर्ने बताइन् ।
राप्रपा कास्कीका अध्यक्ष गुरुङले कास्कीका महिलालाई संगठनमा आवद्ध गराउन आह्वान गरे । राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन आवश्यक भएको भन्दै उनले महिला संगठनको भूमिका महत्वपूर्ण रहने बताए ।
सम्बन्धित खबर
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत
म्याद गुज्रेको सामान बेचेपछि पोखराको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि