प्रतिभा माविमा बालबालिकालाई नेतृत्वकला तालिम

प्रतिभा माविमा बालबालिकालाई नेतृत्वकला तालिम

prativa balbalika

पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले साना बालबालिकालाई विद्यार्थी केन्द्रित नेतृत्वकला तालिम प्रदान गरेको छ । कार्यक्रममा विद्यालयका करिब असी जना कक्षा मनिटर तथा प्रिफेक्सहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहजकर्ता अवाकर्स मेन्टल म्याथका निर्देशक उपेन्द्र अधिकारीले विद्यार्थीहरुलाई विभिन्न खेलका माध्यमबाट नेतृत्वकलाका बारेमा ज्ञान दिएका थिए ।

कार्यक्रममा विद्यालयका निर्देशक किरण सापकोटाले नेतृत्वमा बस्ने सबै विद्यार्थीहरुकोे बानी, व्यवहार अरुले सिक्ने खालको हुनुपर्ने भन्दै यस तालिमबाट सिकेका सीपहरुको प्रभावले १५ दिन भित्रमा परिवर्तन आउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीले नेतृत्व विकास सानै उमेरबाट गर्न जरुरी रहेको भन्दै यसैका लागि विद्यालयले यस्ता तालिमको आयोजना गरेको बताए ।

विद्यालयका सहप्राचार्य प्रदीप खनालले कार्यक्रमको बारेमा प्रकाश पार्दै नेतृत्वको व्याज लगाएर मात्र नेतृत्व नहुने भन्दै उसको योग्यतामा पनि उत्तिकै भूमिका रहने कुरा बताए । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन तथा विद्यालयका सह–प्राचार्य बुद्धिमोहन पौडेलले शुभकामना मन्तव्य राखेको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds