पोखरा । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति कास्की २(क) ले गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपालीलार्ई बुधबार मुख्यमन्त्री कार्यालयमा भेटघाट गरी विभिन्न विषयहरुमा ध्यानआकर्षण गराएकोछ।
प्रदेश सभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्यको नेतृत्वमा गएको टोलिले हाल भैरहेको मुल्यवृद्धि, प्रदेश सरकारकातर्फबाट यातायात/विधुतिय सावारी लगायत विभिन्न शिर्षकमा लगाइएको भनिएको कर, पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधा, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारहरुले पाउने राहत, प्रदेश सरकारले निर्माण गरेको बजेट र हाल यसको छलफलमा भैरहेको ढिलाई, सांसदहरुले खर्च गर्नेगरी बनाइएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम यसमा देखिएको विवाद सँगै प्रदेशका विभिन्न ठाउँमा लगातार भैरहेको वर्षाका कारण भएको क्षती न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिका सहितका विषयमा ध्यानाकर्षण गराएको हो।
कार्यसमितिका पदाधिकारी लगायत सदस्यहरुको टोलिले हाल प्रदेश सरकारले गरेको काम, यसबाट आम जनमानसमा परेको प्रभाव लगायतका विषयमा कुरा राखेको सभापति आचार्यले जानकारी दिए।
जवाफमा मुख्यमन्त्री नेपालीले बजेट माथीको विवाद टुङ्गिएको यससम्बन्धी सम्पूर्ण विषय यसै हप्ताभित्र छलफलमा गइ टुङ्गो लाग्ने बताए। पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधाप्रति विज्ञहरुको समुह निर्माण गरेको र यस सम्बन्धि सबै विषय समितिले समाधान गर्ने भन्दै सेवा सुविधाको हकमा आँफू धेरै आशक्ति नराख्ने समेत बताए। बाढी पहिरोबाट भएको क्षति न्यूनिकरणको सवालमा प्रदेश सरकारले जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति जो प्रत्येक जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक समिति रहने व्यवस्था भए बमोजिम त्यस्तो समितिलाई प्रदेश सरकारसँग भएको सम्पूण स्रोत साधन अधिकतम् प्रयोगमा लगाउने बताएका छन्।
मुख्यमन्त्री नेपालीले कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारहरुले पाउने राहत सबैले पाएको र छुटेको भएमा यथाशिघ्र सम्पर्कका आउन समेत आग्रह गरेका छन् । उनले गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका महिलाहरुको पाठेघरको मुखको क्यान्सरका निशुल्क उपचार, निशुल्क परिक्षण, मृगौलाको समस्या भएका विरामीहरुको निशुल्क डाएलाइसि सुविधा, स्पाइनल कर्ड इन्युरीका विरामी र बौद्धिक अपाङ्गता भएकाहरुको हेरचाहमा समेत प्रदेश सरकारले निशुल्क रुपमा विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो