आशिष पुरी। पोखरामा शनिबार र्यापर आशिष राना उर्फ ‘लाउरे’ ले लाइभ प्रस्तुति दिने भएका छन् । वियस इन्टरटेन्टमेन्टको आयोजनामा हुने ‘लाउरे लाइभ कन्सर्ट’ लेकसाइड स्थित रोलिङ्ग स्टोन्समा हुनेछ ।
युवा पुस्तामा चर्चित र्यापर लाउरेको उक्त लाइभ कन्सर्टका लागि रु. १५०० प्रवेश शुल्क राखिएको छ। टिकट अनलाइन मार्फत पनि खरिद गर्न मिल्ने आयोजक विनित शेरचनले बताएका छन् ।
साँझ ८ देखि शुरु हुने उक्त कार्यक्रमको सुरुवातमा पोखराको व्याण्ड ‘भिटामिन जि’ ले प्रस्तुति दिनेछ । २०२१ मा स्थापना भएको भिटामिन जि हिपहप ब्याण्डका मुख्य गायक विजेन थापा काजी हुन् ।
ब्याण्डमा काजीसहित युनिक ताङ्वे, विट वक्समा आयुष र गिटारमा अमित रकर छन् ।