धादिङमा बस दुर्घटना, ३१ जना घाइते

धादिङमा बस दुर्घटना, ३१ जना घाइते

accident

धादिङ । धादिङमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

आज बिहान करिब २ बजेतिर धादिङको गल्छी गाउँपालिका–६ मा काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस सडकमै पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ। अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ