बिरेठाँटी आमा समूहलाई प्रभु बैंकको ५० हजार सहयोग

बिरेठाँटी आमा समूहलाई प्रभु बैंकको ५० हजार सहयोग

prabhu bank birethati

पोखरा । प्रभु बैंकले कास्कीको अन्न्पूर्ण गाउँपालिका वडा नं. ८ बिरेठाँटी स्थित स्थानीय आमा समूहलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले सामाजिक कार्य अन्तर्गत बिरेठाँटी आमा समूहलाई नगद ५० हजार प्रदान गरेको हो ।

संस्थागत समाजिक उत्तरदायित्व (सी.एस.आर)अन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच ५० हजारको चेक समूहकी अध्यक्ष विष्णु कुमारी गुरुङलाई हस्तान्त्रण गरिएको प्रभु बैंक बिरेठाँटी शाखाका प्रबन्धक बिनोद पौडेलले जानकारी दिए ।

दुर्गम ठाउँमा पुगेर बैँकले आर्थिक सेवा मात्र होईन सामाजिक कार्य, तालिम तथा वित्तिय साक्षरता जस्ता कार्यहरु गर्दै आइरहेको बैंकले जनाएको छ । हाल बैंकले संगठित रुपमा सामाजिक काममा लागेका बिरेठाँटीका महिलाहरुलाई थप हौसला मिलोस् भन्ने हेतुले सहयोग गर्दा महिलाहरु उत्साहित छन् ।

प्राप्त सहयोगले आफ्नो संस्थाको भवन निर्माणमा ठूलो राहत मिलेको आमा समूहकी अध्यक्ष गुरुङले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ