कास्कीका पुष्पज्योति ढुंगाना नेकपा एमालेकाे ऊर्जा तथा जलस्रोत विभाग सचिव बनेका छन् । एमालेले विभिन्न केन्द्रीय विभागका सचिव मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी छन् । उनले स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न उजुरी आएको उल्लेख गर्दै कार्यदलले उजुरीमाथि छानबिन गर्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने बताए । ‘चुनावमा भएका विभिन्न अराजक कुराहरु, अनुशासनहीनताका कुराहरु, अन्तर्घातको विषयहरु यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ,’ उनले भने ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो