पोखरा महानगरपालिका वडा नं -१५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम सम्पन्न गरेको छ। वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा -१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा,अधिकार र कानुनी सचेतनाबारे जो कोही जानकार हुनुपर्ने बताए। उनले यसबारे सूचना प्रदान गर्न र वडामा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आगामी बजेटमा पनि प्राथमिकतामा राखिएको बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार राममणि अधिकारीले महिला सचेतनाका बारेमा बोल्दै समाजमा बस्दा आइपर्ने विविध समस्याहरूका बारेमा महिलाले गर्नुपर्ने सहजिकरणका साथै विवाद समाधानका लागि चाल्नु पर्ने कदमहरूका बारेमा जानकारी दिए। उनले विवाद आइपरेमा दोहरो पक्षको कुरा सुन्ने, न्याय अन्याय छुट्याउने, छिमेकीसँग कुरा गर्ने र विवाद समाधानका उपाय निकाल्नु पर्नेमा जोड दिए।
यस्तै, प्रशिक्षक भोलानाथ पौडेलले बाल अधिकारका बारेमा बोल्दै बालबालिकाको संरक्षण, पालन पोषण, शिक्षा लगायत चेतना अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताए। उनले ‘बच्चाले जे भोग्छ, त्यही सिक्छ’ भन्दै भविष्यमा बालबालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी बाबुआमा तथा संरक्षकको हातमा रहने भन्दै उनीहरूको बाल मस्तिष्क अनुकूल वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। पौडेलले बालबालिकालाई दिइने यातना, बालबालिका अनुकूल न्याय, जोखिममा रहेका बालबालिकाको संरक्षण, उनीहरूको अधिकार र दायित्वबारे सचेतना बाँडे।

कार्यक्रममा पत्रकार अधिवक्ता तथा सामाजिक अभियन्ता शुष्मा पौडेलले ‘आज खुसी हुन नसक्ने मानिस संधैभरी खुसी रहन नसक्ने’ भन्दै खुसी रहन अपनाउनुपर्ने उपायहरू बारे बताइन्। मानिस जन्मिएर जान्ने बुझ्ने भएपछि मृत्यु पर्यन्त खुसीको आसमा बस्ने गरेको भन्दै खुसी कसैले नदिएर आफै भित्र खोज्नुपर्ने बताइन्। उनले कानुनी संविधान चिन्नुपर्ने भन्दै महिला हिंसाबारे महिलाहरू नै सचेत भएर हक अधिकारको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको संयोजन कार्यपालिका सदस्य मन्दिरा परियारले गरेकी थिइन्। भने,सदस्यहरु सेतीमाया गुरुङ, आशिष भण्डारी र वलराम पौडेलले सहजीकरण गरेका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह