पोखरा । नेपाल मगर संघ रामबजार इकाई समितिको २० औं साधारणसभा सम्पन्न भएको छ । संघको आफ्नै भवन रामबजारमा सम्पन्न भएको सभाको उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष संगिता पुन मगरले गरिन् ।
सभाको उद्घाटन गर्दै पुन मगरले आजको बदलिदो परिस्थितिसँगै मगर समुदाय पनि परिवर्तित हुनुपर्ने कुरामा जोड दिइन् । समाज परिवर्तको लागि शैक्षिक, राजनीतिक र व्यवसायिक चेतनाको स्तर बृद्धि हुनु जरुरी रहेको उनले बताइन् ।
पोखरा महानगरपालिका वडा नंं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले समुन्नत राष्ट्र निर्माणको लागि समुदाय विभाजित भएर होइन एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । साथै उनले पूर्वाधार विकासले मात्र देश विकास असम्भव भएकोले अबको समय मानविय चेतनाको विकासमा जोड दिने खालको कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।
यसैगरी, जिल्ला शिक्षा कार्यालय कास्कीका पूर्व उपसचिव गगन थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर, नेपाल मगर महिला संघ रामबजार इकाई समितिका अध्यक्ष लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामासमितिका सचिव क्या. अमर बहादुर राना मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सु. सन्त बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
यसैगरी, नेपाल मगर महिला संघ रामजबारको सांगठनिक प्रतिवेदन सचिव रेनु थापा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता आलेमगरले प्रस्तुत गरे ।
यसैगरी, नेपाल मगर युवा संघ रामबजारको सांगठनिक प्रतिवेदन सचवि दिलबहादुर विर्कटा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ती थापा मगरले प्रस्तुत गरे ।
भलाई कोषको गतिविधिको बारेमा चित्रबहादुर थापा मगरले र आर्थिक प्रतिवेदन ना.सु. खुमबहाुदर थापा मगरले प्रस्तुत गरेका थिए ।
यसै अवसरमा प्लस टु देखि उच्च शिक्षा हासिल गर्ने समाजका विद्यार्थीहलाई सम्मान गरिएको थियो भने ८० वर्ष नाघेका बृद्धाबृद्धालाई खादा सम्मान पत्र र लौरो उपहार दिएर सम्मान गरिएको थियो । साथ,ै कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ रामबजार इकाई समितिद्वारा निर्माण गरिएको सालैजो म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
संघका कार्यबाहक अध्यक्ष सुधा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव क्या. अमर बहादुर राना मगरले गरेका थिए भने स्वागत मन्तव्य महिला संघका अध्यक्ष लक्ष्मी थापा मगरले राखेकी थिइन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो